सिन्धुली । स्थानीय निर्वाचन नजिकिएसगैं पार्टीहरुको गतिविधि पनि तीब्र गतिमा अगाडी बढी रहेको छ ।
यसैबीच सिन्धुली सुनकोशी गाँउपालिकामा पनि पार्टीहरुको सभा,सम्मेलन,भेला र पार्टी प्रवेश जस्ता कार्यक्रमहरु भैरहेको छ । नेपाली काङ्ग्रेस सुनकोकोशी गाँउपालिकामा पनि नेपाली काङ्ग्रेसको गतिविधि तीब्र रुपमा बढीरहेको देख्न सकिन्छ ।
‘गाउँ गाउँ जाउ काङ्ग्रेस जिताउ’ भन्ने अभियानसगैं नेपाली काङ्ग्रेसले आफ्नो अभियान थालेको छ । नेपाली काङ्ग्रेसमा अबको उम्मेदवार को हो भन्ने पनि उत्तिकै चर्चा छ । यति बेला उम्मेदवारको चर्चामा युबा नेता चन्द्र श्रेष्ठ र कपिल कुमार कोइरालाको टक्कर हुँने देखिन्छ ।
युवा नेता चन्द्र श्रेष्ठ बिद्यार्थी राजनीतिबाट राजनीतिमा आएका हुन भने कपिल कुमार कोइराला काङ्ग्रेस पार्टीको अग्रज नेता हुन्। नेता कोइराला गत स्थानीय चुनावको उम्मेदवार समेत हुन भने नेता कोइरालाले गत चुनाबमा माओवादी केन्द्रसगं झिनो मतको अन्तरले हार व्यहोर्नु परेको थियो ।
टिकट कस्ले पाउलान त ? त्यो भने हेर्न बाकिनै छ । युबाहरुबीच भने युवा नेता चन्द्र श्रेष्ठ परिचित देखिन्छ । हिजो भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आदि दर्जन कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश समेत गरेका थिए ।