सुनकोसी गाउपालिकको अबको नयाँ नेतृत्व कस्को, कस्ले मार्ला बाजी  

Bhuwan Chaulagain 20 March 2022

नेपाल सरकारले स्थानीय चुनावको मिति तोके सगैं गाउँ गाउँ चुनावको रौंनक छाएको छ । त्यस्तै सिन्धुली जिल्ला सुनकोसी गाउँपालिमापनि चुनाबको लहर बढेको देख्न सकिन्छ ।

सबै जसो पार्टीहरुको सम्मेलन,घरदैलो ,पार्टी प्रवेश जस्ता कार्यक्रमहरु दिन दिनै भैरहेको छ । गत चुनावमा माओवादीबाट जित हासिल गर्न सफल पालिका हो भने झिनो मत सहित नेपाली काङ्ग्रेसले हारेको थियो।

अबको चुनाबमा कस्ले नेतृत्व गर्लान त ? गत चुनाबमा जम्मा जम्मी ९२६८ मत मा माओवादी केन्द्रबाट दिपा बोहोरा दाहालले ३४३३ मत सहित जित्न सफल भएकी हुन् भने नेपाली काङ्ग्रेसबाट कपिल कोइरालाले ३२१२ मत ,नेकपा एमाले बाट कौसल कोइरालाले २६२३ मत ल्याएका थिए । त्यस्तै वडा नं. १ मा काङ्ग्रेस २ मा एमाले ३ मा काङ्ग्रेस ४ मा एमाले ५ मा माओवादी ६ मा एमाले र ७ मा माओवादीले जितेको वडाहरु हुन ।

चुनावको लहर चले सगैं उम्मेदवारको पनि उत्तिकै चर्चा चलेको छ भने उम्मेदवारहरु पुरानै अनुहारको  आउने लगभग पक्का पक्की जस्तै छ ।  आगामी ५ बर्षको लागि सुनकोसी गाँउपालिकाको अबको नेतृत्व कस्को होला ? त्यो भने बैशाख ३० पछि हेर्न बाकिनै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया

0