सिन्धुली। वैशाख ३० को स्थानीय चुनाव नजिकै आउँदा कलाकारहरु पनि चुनावी मैदानमा उत्रन तम्तयार देखिन्छन् । अहिलेका जल्दाबल्दा हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा रहेको सञ्चार माध्यममा खबर छ ।
सिन्धुलीका स्थानीय काफ्ले नेकपा (माओवादी केन्द्र) बाट कमलामाई नगर पालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने निश्चित भएको छ । उनी उक्त वडामा सर्वसम्मतबाट वडाअध्यक्ष उम्मेदवारमा चयन भएका छन् ।