१० जना जुवाखालबाट पक्राउ

Bhuwan Chaulagain 1 November 2020

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय यादवसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले रायसहित १० जनालाई हिजो जुवा खालबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट एक लाख ५३ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।  राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री बनेका थिए । पछिल्लो समय उनी राजनीतिमा सक्रिय थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0