काठमाडौं । पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।
मन्त्रालयका अनुसार १७ हजार ४२३ जना आइसोलेसनमा रहेका छन् । ५३५ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख ३७ हजार ४७४ पीसीआर परीक्षण गरिएको छ ।