काठमाडौं । ‘जिन्दगी’ बोलको गीत भिडियोसहित बजारमा
आएको छ । गीतमा स्वर लोक प्रिय कलाकार मदन कृष्ण श्रेष्ठको रहेको छ ।
गीतमा भरत महतारा छेत्रीको शब्द ,तोरेम्पा हंगको संगीत रहेको छ रहेको छ । किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित (दरि बा),किशोर भुजेल,पूजा भुजेल,भरत महतारा छेत्रीको अभिनय देख्न सकिन्छन भने बाल कलाकारमा निजोह जंग महतारा र यस बि.रावतको अभियनय देख्न सकिन्छ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर गरेका हुन् । उक्त भिडियो न्यतय Goto Centre अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।
भिडियो हेर्नुहोस :